क्विज प्रतियोगिताका नियमहरु:

नियमहरु
  1. प्रत्यक टिममा ३ जना सदस्य हुनेछन (कम्तिमा एक जना महिला हुनु पर्नेछ)
  2. टिमबाट एक जना टोली नेता हुनेछ
  3. प्रत्यक टिमहरु ६ वटा समूहमा विभाजन हुनेछ (समूह १-६), एक समूहमा ६ टिम हुनेछन
  4. पहिलो चरणमा ६ टिम बीच प्रतिस्पर्धा हुनेछ
  5. प्रत्यक समुह चरणमा सबै भन्दा बढी अंक प्राप्त गर्ने टिम अन्तिम चरणको लागि छनौट हुनेछ
  6. प्रश्नको जवाज यहि सिस्टमले देखाएको जवाफलाई नै अन्तिम मानिनेछ
प्रश्नका नियमहरु
  1. बहु उत्तर
    • प्रत्यक टिमलाई बढीमा दुई वटा प्रश्न सोधिनेछ
    • पहिलो टिमले ३० सेकेन्डको समय पाउनेछन
    • यदि पहिलो टिले गलत उत्तर दिएमा, दोस्रो टिमले १० सेकेन्डको समय पाउनेछन
    • सहि उत्तर दिएमा टिमले १० अंक पाउनेछन
  2. तस्वीरजन्य वहुउत्तर प्रश्न
    • प्रत्यक टिमलाई बढीमा दुई वटा प्रश्न सोधिनेछ
    • पहिलो टिमले ३० सेकेन्डको समय पाउनेछन
    • यदि पहिलो टिले गलत उत्तर दिएमा, दोस्रो टिमले १० सेकेन्डको समय पाउनेछन
    • सहि उत्तर दिएमा टिमले १० अंक पाउनेछन
  3. छिटोछरितो प्रश्नोत्तर (र्‍यापिड फायर राउन्ड)
    • प्रत्यक टिमलाई बढीमा तिन वटा प्रश्न सोधिनेछ
    • प्रति प्रश्नको लागि १० सेकेन्ड समय हुनेछ
    • प्रति टिम एकचोटीमा ३ वटा प्रश्न सोधिनेछ
    • सहि उत्तर दिएमा टिमले प्रति प्रश्न १० अंक पाउनेछन
  4. ठिक वेठिक (र्‍यापिड फायर राउन्ड)
    • प्रत्यक टिमलाई बढीमा तिन वटा प्रश्न सोधिनेछ
    • प्रति प्रश्नको लागि १० सेकेन्ड समय हुनेछ
    • प्रति टिम एकचोटीमा ३ वटा प्रश्न सोधिनेछ
    • सहि उत्तर दिएमा टिमले प्रति प्रश्न १० अंक पाउनेछन
अन्य नियम
  • कुनै प्रश्न दोहोरियो वा जवाफ पहिले नै बाहिरिएकोखण्डमा पुनः अर्को प्रश्न सोधिनेछ
  • केहि प्राविधिक त्रुटी प्रश्न र उत्तरमा फराग पर्न गएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ